बलिउड नायिका ज्याकलिन फर्नान्डेजले मङ्ग्लबार आफ्नो जन्मदिन मनाएकी छिन् । उनको जन्मदिनको अवसरमा निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले चलचित्रको घोषणा गरेका छन् । साजिदले चलचित्र ‘किक २’ बनाउने घोषणा गरेका हुन् । चलचित्रमा ज्याकलिनको साथमा नायक सलमान खानको मुख्य भूमिका रहनेछ । चलचित्रको कथा फाइनल भैसकेको छ भने कथा फाइनल गरेसँगै उनकी साजिदकी श्रीमतीले ज्याकलिनलाई जन्मदिनमा चलचित्र नै गिफ्ट गरेकी हुन् । कोरोना कहर केही सामान्य भए चलचित्रको छायाङ्कन केही समयमा नै सुरु गरिने बताइएको छ । सलमान र ज्याकलिनको 'किक'लाई दर्शकले मन पराएका थिए । ज्याकलिन भारतमा जारी लकडाउनभर अभिनेता सलमानको साथमा उनको फार्म हाउसमा थिइन् ।