फोर्ब्स म्यागेजिनले यस सर्वाधिक कमाई गर्ने १० अभिनेताको सूची सार्वजनिक गरेको छ । यस सूचिको पहिलो नम्बरमा हलिउड स्टार ड्वेन जोनसन पर्न सफल भएका छन् । जस अनुसार उनले एक वर्षमा ८७.५ मिलियन अमेरिकी डलर कमाएका छन् । उनले नेटफ्लिक्सको ‘रेड नोटिस’ का लागि २३.५ मिलियन अमेरिकी डलर पारिश्रमिक लिएका थिए । सूचीको दोस्रो नम्बरमा हलिउड अभिनेता रायन रेनोल्डस, तेस्रो नम्बरमा मार्क व्हालबर्ग, चौथो नम्बरमा बेन एफ्लेक, पाँचौँ नम्बरमा विन डीजल, छैटौँ नम्बरमा अक्षय कुमार, सातौँ नम्बरमा म्यानुअल मिरान्डा, आठौँ नम्बरमा विल स्मिथ, नवौँ नम्बरमा एडम सान्डलर र दसौँ नम्बरमा ज्याकी च्यानको नाम छ । सर्वाधिक कमाइ गर्ने अभिनेताको सूचिमा बलिउडबाट अक्षय कुमार मात्र पर्न सफल भएका छन् । छैटौँ नम्बरमा पर्न सफल अक्षय कुमारले एक वर्षमा ४८.५ मिलियन अमेरिकी डलर कमाउन सफल भएका छन् । पछिल्लो समय अक्षयका एक पछि अर्को सफल चलचित्र दिइरहेका छन् । यति बेला अक्षय आफ्नो आगामी चलचित्र 'बेल बटम' को लागी फ्लोरमा छन् ।