भारतीय अभिनेता सञ्जयलाई फोक्सोको क्यान्सर भएको खबर बाहिरिएसँगै उनका शुभचिन्तक एवम् सहकर्मीले दुख व्यक्त गरेका छन् । उनलाई तेस्रो स्टेजको क्यान्सर भएको खबर केही दिन अघी सार्वजनिक भयो । सास फेर्न अप्ठेरो भएर अस्पताल पुगेका उनको परीक्षणको क्रममा क्यान्सर भएको पुष्टि भएको थियो । उनको स्वास्थ्य स्थिति बारे बलिउड कर्मी लगायत फ्यानहरूले चिन्ता व्यक्त गरेका छन् । यसै बिच सञ्जयकी सहकर्मी अभिनेत्री मनीषा कोइरालाले सञ्जयलाई क्यान्सर भएको खबर सुनेर दुखी भएको बताएकी छन् । उनले सञ्जयको स्वास्थ्य लाभको कामना सहित आत्मविश्वास र सम्मान स्वरूप ट्विट गरेकी छन् । कोइरालाले सञ्जयको स्वास्थ्यमा समस्या आएको सुनेर दुखी भएको र अहिलेसम्म धेरै लाई पराजित गर्दै आएका सञ्जयले यस लडाइँ पनि जित्ने छन् भनी लेखेकी छिन् । उनी लेख्छिन्, 'बाबा, तिम्रो स्वास्थ्यमा समस्या आएको सुनेर दुखी भएको छु । तर मलाई थाहा छ तिमी बलियो छौँ । तिमीले जीवनमा ठुलो सङ्घर्षहरू गरेका छौँ । र तिमीले तिनीहरूलाई पराजित गर्‍यौ । यो पनि अर्का जीत हुनेछ । तिम्रो सु–स्वास्थ्यको कामना गर्दछु ।' अभिनेत्री कोइराला आफै पनि क्यान्सरलाई जितेर सामान्य जीवन बाँचिरहेकी छिन्, आत्मविश्वास नै क्यान्सरलाई जित्ने ठुलो उपचार हो भन्ने मनीषालाई जति सायदै कमाइलाई थाहा होला । मनीषा र सञ्जयले ‘सनम, अचानक कारतुस, खोफ, बाघी, मेहबूबा, प्रस्थानम’ लगायत चलचित्रमा एकसाथ काम गरेका छन् ।