साउथ स्टार प्रभासको नयाँ चलचित्र 'आदिपुरुष'को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । ३ डी एक्सन ड्रामा चलचित्रमा 'बाहुबली' स्टार प्रभासको जबरजस्त प्रस्तुति रहने छ । साउथमा मात्र नभएर बलिउडमा पनि आफ्नो उत्कृष्ट छवि स्थापित गर्न प्रभास सफल भएका छन् । 'बाहुबली' पछि 'साहो'मा आफ्नो अभिनय कौशल देखाइसकेका उनले अब 'आदिपुरुष'मा देखिने भएका छन् । प्रभासले 'आदिपुरुष'को फर्स्ट लुक आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन् । जसले उनका फ्यानलाई निकै कौतूहल बनाइदिएको छ । यस चलचित्रलाई ओम राउतले निर्देशन गर्ने छन् । 'बुराई पर अच्छाई की जीत का जश्न' ट्यागलाईन रहेको चलचित्रको कथा रामायणसँग जोडिएको अनुमान गरिएको छ । यस चलचित्र तमिल, तेलुगू, हिन्दी, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।