खासै विवादमा नआउने बलिउड अभिनेता आमिर खान विवादमा मुछिएका छन् । उनले राष्ट्रपति रेसेप तैय्यप एर्डोगानकी पत्नी एमिन एर्डोगानसँग भेट गरेपछि भारतमा उनको विरोध सुरु भएको हो । आमिर 'लाल सिंह चड्ढा'को सुटिङका लागि टर्की पुगेका थिए । राजनीतिक रूपमा दुई देशबिच सम्बन्धमा तिक्तता आएका बेला मुस्लिम बाहुल्य राष्ट्रकी प्रथम महिलासँग भेटेपछि भारतका हिन्दुवादीले आमिरको आलोचना गरेका हुन् । टर्कीले जम्बू काश्मीरको धारा ३७० खारेज गर्ने निर्णयको विरोध गरेको थियो जसको कारण यी दुई देशको सम्बन्ध राम्रो छैन । राष्ट्रपति पत्नी एमिनले आमिरसँग भेटेको तस्बिर १५ अगस्टमा ट्विटर मार्फत सार्वजनिक गरेकी थिइन् ।
यस लगत्तै भारतीय जनता पार्टीका हिन्दुवादी नेताले कडा विरोध जनाएका थिए । उनले ट्विटर मा ‘इस्तानबुलमा विश्वका चर्चित निर्देशक, फिल्म मेकर आमिर खानसँग भेट भयो। आमिरले आफ्नो नयाँ फिल्म लाल सिंह चड्ढाको सुटिङ टर्कीका अलग अलग क्षेत्रमा गर्ने निर्णय सुनेर खुसी लाग्यो।’ लेखेकी थिइन् । यति बेला आमिरको पत्रकार, राजनीतिक व्यक्तित्व लगायत फ्यान फलोअर्स समेत उनी विरुद्ध बोलिरहेका छन् । आलोचना बढे पनि आमिरको समर्थन गर्ने पनि कम भने छैनन् । कलाकार राजनीतिज्ञको हिसाबमा नचल्ने उनीहरूको तर्क राख्दै खानको समर्थन गरेका छन् ।