भारतको चर्चित कार्यक्रम 'द कपिल शर्मा शो' प्रतिबन्ध गर्न माग उठेको छ । सुशान्त सिंह राजपूतका प्रशंसकले यस कार्यक्रम प्रतिबन्ध गर्न आवाज उठाएका हुन् । यस कार्यक्रमका निर्माता सलमान खान भएका कारण यस विषय उठेको बताइएको छ । सुशान्तको मृत्युपछि सुरु भएको नेपोटिजम विवादमा सबैभन्दा बढी आलोचित हुनेमा सल मान पर्छन् । यसै कारण फेसबुकमा सोमबार एक प्रयोगकर्ताले जस्टिस फर सुशान्त सिंह राजपूत ह्यास्ट्याग एसएसआर नामक ग्रुपमा लेखे, 'प्रिय सदस्य, द कपिल शर्मा शोलाई पूर्ण रूपमा बहिष्कार गरौँ ।' 'द कपिल शर्मा शो' कार्यक्रमका सह–निर्माता सलमान खान भएको र उनलाई उनको फिल्मको माध्यमले मात्रै नभई सबैतिरबाट, हरेक स्थानबाट उनलाई पूर्ण रूपमा बहिष्कार गर्नुपर्छ । अबदेखि 'द कपिल शर्मा शो' पूर्ण रूपमा बहिष्कृत । भनि ग्रुपका अन्य सदस्यले पनि आवाज उठाएका छन् । सोसल मिडियामा सुशान्तका थुप्रै प्रशंसकले दिवङ्गत युवा अभिनेता फिल्म उद्योगमा नेपोटिजमका सिकार भएको विश्वास राख्छन् ।