बलिउड अभिनेत्री अनुष्का शर्मा आमा बन्ने भएकी छिन् । अनुष्काले बिहीबार यसबारे आधिकारिक जानकारी सार्वजनिक गरेकी हुन् । उनले श्रीमान विराटसँगको तस्बिर शेयर गर्दै आफूहरू छिट्टै नै तीन हुन लागेको भनी लेखेकी छिन् । उनले आफ्नो सन्तानले जनवरी २०२१मा जन्म लिने समेत उल्लेख गरेकी छिन् । अनुष्का र विराटको यस खुसीको खबरमा शुभकामना दिनेको ओइरो नै लागेको छ । उनीहरूलाई बलिउड सेलिब्रेटी देखी दुबैका फ्यानले शुभकामना दिइरहेका छन् । विराट र अनुष्काले लामो समयको प्रेम सम्बन्धलाई तीन वर्ष अगाडी वैवाहिक रुप दिएका थिए ।