बलिउड अभिनेत्री कङ्गना रनावतविरुद्ध देश द्रोहको मुद्दा दर्ता भएको छ । कङ्गनाले देशको आरक्षण व्यवस्थाबारे गरेको टिप्पणीमा आपत्ति जनाउँदै देश द्रोहको मुद्दा दर्ता गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अखिल भारतीय भीमसेनाका राष्ट्रिय अध्यक्ष सतपाल तंवरले हरियाणास्थित गुरुग्रामस्थित सेक्टर ३७ पुलिस थानामा कंगनाविरुद्ध देश द्रोहको मुद्दा दर्ता गराएका हुन् । कङ्गनाले भारतीयले जाति व्यवस्थालाई अस्वीकार गरेको र कानुनद्वारा पनि स्वीकार्य नभएको कुरा ट्विटरमा लेखेकी थिइन् । सुशान्त सिंह राजपुतको मृत्यु पछि नातावादको मुद्दा उठाएकी रनावतले यस विषयमा बहस नै चलाएकी छिन् ।