बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको पत्ता लागे सँगै उनका शुभचिन्तकले यसबारे निकै चासो राखिरहेका छन् । केही साता अघि श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई दुई दिनसम्म लीलावती अस्पताल भर्ना गराइएको थियो । परीक्षणको क्रममा उनलाई फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो । उनी अभिनीत चलचित्र 'केजीएफ २' छायाङ्कन कै क्रममा भएका कारण उनले आफ्नो भागको काम सकेर मात्र उपचारको लागी विदेश जाने बताएका थिए । फोक्सोको क्यान्सरको तेस्रो चरणमा भएको भनिएका उनी यति बेला कोरोना महामारीका बिच भारतमा नै उपचार गराइरहेका छन् । यसै गरी दत्त आगामी चरणको उपचारका लागि अमेरिका जाने तयारीमा छन् छ । जसको लागी उनलाई पाँच वर्षे अमेरिकी भिसा प्रदान गरिएको छ । अहिले महामारी फैलिएका कारण भारतमै उपचार गराउने र स्थिति सामान्य भएसँगै अमेरिकाका लागि उड्ने दत्त परिवारको योजना भएको उनकी पत्नी मान्यताले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । दत्त अभिनीत चलचित्र 'सडक २'को केही दिन अघी ट्रेलर रिलिज भएको थियो भने यो चलचित्र अनलाइन प्ल्याटफर्ममा रिलिज हुने तयारीमा छ ।