केही महिमा अघि आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतको जीवनमा आधारित रहेर फिल्म निर्माण गरिने पक्का भएको छ । 'शसांक' नाममा निर्माण हुन लागेको चलचित्रलाई राजपुतकी बहिनी श्वेतासिंह किर्तीले भने बहिष्कार गर्न माग गरेकी छन् । करणी सेनाका सदस्य सुरजीतसिंह राठौरले निर्माण गर्ने भनिएको यस चलचित्र लाई बहिस्कार गर्न श्वेतासिंह ट्वीटर मार्फत आव्हान गरेकी हुन् । कोमल नहाटाले सेयर गरेको चलचित्रको पोस्टर मेन्सन गर्दै श्वेताले, 'यस चलचित्रको बहिष्कार गरौँ र चलचित्रको प्रचार गर्नेलाई पनि बहिष्कार गरौँ । लेखेकी छिन्' । सनोज मिश्राले निर्देशन गर्ने यो फिल्ममा आर्य बब्बर र राजवीर सिंहको अभिनय रहनेछ । यति बेला चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ जसमा 'नातावाद', 'आत्महत्या', 'डिप्रेसन', 'हत्या'लगायतका शब्दहरू प्रयोग गरिएको छ । सार्वजनिक भएसँगै धेरैले पोस्टरलाई लिएर आपत्ति जनाइरहेका छन् । 'शसांक' पटना, लखनउ र मुम्बईमा छायाङ्कन गरिने तयारी गरिएको छ ।