अमेरिकी फिल्म 'द ब्याटम्यान'का मुख्य अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । रोबर्टलाई कोरोना पोजेटिभ देखिएसँगै प्रतीक्षित अमेरिकी सुपर हिरो चलचित्र 'द ब्याटम्यान'को छायाङ्कन रोकिएको छ । ६ महिना अघि निर्माण सुरु भएको यस चलचित्र कोरोना महामारीले गर्दा निकै प्रभावित बनेको छ । निर्माण कम्पनी वार्नर ब्रोजले केही दिन अघी निर्माण टोलीका सदस्य आइसोलेसनमा रहेको बताएको थियो तर को भन्ने खुलाएको थिएन । अहिले भने अभिनेता रोबर्टलाई कोरोना सङ्क्रमण भएको खबर पुष्टि गरेको छ । ३४ वर्षीय बेलायती कलाकार रोबर्ट लन्डनमा छायाङ्कन पुनः सुरु भएको केही दिनमा सङ्क्रमित भएका हुन् । यस अघी पनि कोरोना महामारीकै कारण चलचित्रको छायाङ्कन स्थगित भएको थियो । द ब्याटम्यान सन् २०२१ को जुनमा सार्वजनिक हुने बताइएको छ तर पटक पटक छायाङ्कन स्थगित हुँदा प्रदर्शनमा पनि असार पर्ने देखिन्छ । रोबर्टले यसअघि क्रिश्चियन बेल, बेन अफ्लेक, जर्ज क्लुनी लगायत फिल्ममा सुपर हिरोको भूमिका निर्वाह गरिसकेका छन् । यस पटक भने उनलाई 'द ब्याटम्यान'को रूपमा म्याट रिभिजले निर्देशन गर्दै छन् ।