सुशान्त सिंह आत्महत्या प्रकरणमा भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले अनुसन्धान गरिरहेको छ । यस घटना ड्रग्ससँग जोडिएको खुलेपछि एनसीबीले भारतीय अभिनेत्री रिया चक्रवर्ती, उनको भाइ सोनिक र सुशान्तका घरका म्यानेजर स्यामुएल मिरान्डाको घरमा छापा मारेको छ । यस घटनामा उनीहरूको संलग्नता रहेको क्लु भेटेपछि गत शुक्रवार राती नै रियाका भाइ र म्यानेजर दुवैलाई प्रहरीले ड्रग्सको घोटालाको आरोपमा पक्राउ गरेको छ । उनीहरूलाई थप अनुसन्धानका लागि एनसीबीको कार्यालय लगिएको छ । उनीहरूको मेडिकल परीक्षणका लागी समेत लागिएको छ । सेप्टेम्बर ९ सम्म उनीहरूलाई प्रहरीले नियन्त्रणमा राख्नेछ भने परीक्षणको नतिजा आएपछि उनीहरूलाई अदालत लगिने बताइएको छ । एनडीपीएस ऐनको धारा २०, २२, २७ र २९ प्रावधान अन्तर्गत उनीहरूको घरमा छापा मारेको हो । एनसीबीले यस मुद्दासँग ड्रगको संलग्नताको आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।