विश्वमा नै एड्भेन्चरस् शोको रूपमा लोकप्रिय 'म्यान भर्सेस वाइल्ड'को आगामी शृङ्खलामा अक्षय कुमार देखिँदै छन् । अक्षयले बियर ग्रील्ससँगै जङ्गली जीवनको अनुभव बटुल्ने छन् । अक्षयले 'म्यान भर्सेस वाइल्ड'को अनुभव सेयर गर्दै उनले केही खाइरहेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । जसमा उनले क्याप्सन राखेका छन्, 'भान्सामा बियर (ग्रील्स) थिए । के तपाईँहरू अनुमान गर्न सक्नुहुन्छ उसले के पकाए होला ?' तस्बिरमा बियर केही खाइरहेका छन् र अक्षय उनलाई नियाल्दै छन् ।