बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरालाई कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ । मलाइकाकी बहिनी अमृता अरोराले मलाईकालाई कोरोना पोजेटिभ देखिएको बताएकी हुन् । आइतबार उनको स्वाब परीक्षणको रिपोर्ट आएको थियो जसमा उनलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । आइतबार नै उनका प्रेमी अभिनेता अर्जुन कपूरलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । अर्जुनले आफू कोरोना पोजेटिभ भएको सामाजिक सञ्जालबाट जानकारी दिएका थिए । अर्जुनले घरमै आइसोलेसनमा बसेको उल्लेख गरेका छन् । पछिल्ला केही दिनमा भारतमा कोरोना सङ्क्रमणको सङ्ख्या निकै बढिरहेको छ । यसै गरी बलिउड कलाकारहरूलाई पनि सङ्क्रमण पुष्टि भएको खबर आइरहेको छ । केही समय पहिले बलिउड नायकद्धय अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या राय कोरोना सङ्क्रमणबाट मुक्त भैसकेका छन् ।