चर्चित गायिका आशा भोस्लेको आज जन्मदिन परेको छ । भारतमा मात्र नभएर विश्वमा नै आफ्नो स्वरको जादु छरेकी भोस्लेले आज आफ्नो ८७ औँ जन्मदिन मनाउँदै छिन् । नेपाली गीत सङ्गीतको क्षेत्रमा पनि ठुलो योगदान दिएकी उनले हालसम्म २० भाषामा ११,००० भन्दा बढी गीत रेकर्ड गराएर विश्व रेकर्ड समेत राखेकी छिन् । भारतीय गीत सङ्गीतको क्षेत्रमा लामो समय एकछत्र राज गरेकी भोस्लेले 'मोहनी लाग्ला है', 'पहाडको माथि माथि', 'गैरी खेतको सिरै हान्यो', 'बाचुन्जेली लाई' लगायत दर्जनौँ नेपाली गीतमा आवाज दिएकी छिन् । उमेरले पाको भइसकेकी भोस्ले आज पनि उत्तिकै सक्रिय भएर गीत सङ्गीतमा रमाइरहेकी छिन् । उनको आवाजले भारतीय गीत सङ्गीतलाई ठुलो उचाइ दिएको छ ।