अस्कर पटकथाकार विजेता सर रोनाल्ड हारवुडको निधन भएको छ । बेलायती नाटककार एवं पटकथाकारको मङ्गलवार निधन भएको हो । दक्षिण अफ्रिकामा जन्मेका हारवुडको ८५ वर्षको उमेरमा मृत्यु भएको हो । सन् २००२ मा रोमन पोलान्स्की फिल्म 'द पियानिस्ट'का लागि अस्करमा उत्कृष्ट रूपान्तरित पटकथाको अवार्ड पाएका उनी ब्रिटेनको युद्धपछि उदाएका नाटककार हुन् । उनका 'द ड्रेसर' र 'क्वार्टेट' जस्ता निकै चर्चित र सफल नाटकमाथि चलचित्र बनाइएको थियो । सन् २०१० मा क्विन एलिजाबेथको जन्मदिनमा उनले विशेष सम्मान पाएका उनले सन् २००८ मा 'द डाइभिङ बेल एण्ड द बटरफ्लाइ'का लागि बाफ्टा अवार्ड पाएका थिए । उनले आफ्नै घरमा अन्तिम सास फेरेका हुन् ।