'मिसेस जेम्स बोन्ड'को नामले चिनिने अभिनेत्री डेम डायना रिगको निधन भएको छ । ८२ वर्षीय रिगको क्यान्सरका कारण मृत्युभएको बताइएको छ । रिगकी छोरी र्‍याचेल स्ट्रिलिङले यस खबर को पुष्टि गरेकी हुन् भने उनले आफ्नी आमाले जीवनको अन्तिम समय निकै खुसीसाथ बिताएकी थिइन् । रिग जेम्स बोन्ड सिरिज अन्तर्गत सन् १९६९ मा अन हर मेजेस्टी सिक्रेट सर्भिसमा ट्रेसीको भूमिकामा देखिएकी थिइन् । एम्मा पिलको रूपमा टिभी सिरिज 'द एभेनजर्समा र गेम अफ थ्रोन्स'मा ओलेन्ना टायरलीको भूमिका निभाएकी थिइन् जुन निकै प्रख्यात भएको थियो । उनको मृत्युमा हलिउडका प्रख्यात फिल्म मेकर देखी कलाकर्मी तथा उनका शुभचिन्तकले दुख व्यक्त गरेका छन् ।