बलिउड अभिनेत्री कङ्गना रनावतको अफिस बिएमसीले भात्काए पछी उनको चर्चा निकै बढेको छ । आफ्नो कार्यालय कुनै अवैध तरिकाले निर्माण नभएको जिकिर गर्दै उनले यस कार्यको विरोध तथा आलोचना गरिरहेकी छिन् । यसै बिच उनले भारतीय राष्ट्रिय काङ्ग्रेसकी अध्यक्ष सोनिया गान्धीको मौनतामाथि प्रश्न गरेकी छन् । महाराष्ट्र सरकार र कङ्गनाबिच तनाव यति बेला निकै बढेको छ । महाराष्ट्रमा शिव सेना र काँग्रेस आईको संयुक्त सरकार छ जसको कारण काँग्रेस पनि कंगना विरुद्ध देखिएको छ । यसैबिच कङ्गनाले काँग्रेस आईकी राष्ट्रिय अध्यक्ष सोनियालाई एक महिला भएर आफूमाथि भएको अन्यायमा कुनै प्रतिक्रिया नदिएको भनी आलोचना गरेकी छिन् । उनी ट्विटरमा यस बारे उदृत गर्दै गान्धीलाई प्रश्न गर्छिन्, 'सोनियाजी एक महिला भएको नाताले के जुन तरिकाले तपाईँको महाराष्ट्र सरकारले मसँग व्यवहार गरेको छ, त्यसबाट तपाई दुःखी हुनुहुन्न ?'पश्चिममा हुर्केर भारतमा हुर्केकी गान्धीले महिलाको पीडा बुझेको हुनुपर्ने र उनकै सरकारले महिलाहरूको उत्पीडन गरिरहेको बेला यसरी मौन बसेर न्याय नहुने र यसबारे गान्धीले केही कदम उठाउने आशा गरेको उल्लेख गरेकी छिन् ।