बलिउड अभिनेता शाहरुख खान र दीपिका पादुकोणको जोडीलाई फेरी एक पटक एकसाथ पर्दामा हेर्न पाइने भएको छ । तमिल निर्देशक एटली कुमारले पर्दामा निकै रुचाइएको यो जोडीलाई पर्दामा फेरी एकसाथ ल्याउने भएका हुन् । यो जोडीलाई चलचित्र 'सनकी'मा लामो समय पछि एकसाथ देखिने भएको हो । भारतीय मिडियाले 'सनकी'मा काम गर्न शाहरुख र दीपिका उत्साहित रहेको जनाएका छन् । अभिनेता खान र पादुकोणलाई यस चलचित्रको कथा निकै मन परेको ब ताएका छन् । यी जोडीलाई यस अघी चलचित्र 'ओम शान्ति ओम', 'चेन्नई एक्सप्रेस' र 'ह्याप्पी न्यू ईयर' मा एकसाथ देखिएको थियो । यस चलचित्र २०२१ को सुरुवातमा फ्लोरमा जानेछ ।