बलिउड अभिनेत्री रिया चक्रवर्ती यति बेला हिरासतमा छिन् । अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा मुछिएकी चक्रवर्ती ड्रग्स प्रयोग गर्ने र यस सँग जोडिएर अनुसन्धानको घेरामा परेकी हुन् । यति बेला नायक सुशान्त र उनकी प्रेमिका रिया चक्रवर्तीले ड्रग्स लिँदै गरेको भिडियो नै भारतीय मिडियाले सार्वजनिक गरिसकेका छन् । केही दिनदेखि हिरासतमा रहेकी रियाले बयानको क्रममा आफूसहित बलिउडका ए-लिस्ट सेलिब्रिटीहरूले ड्रग्स प्रयोग गर्ने खुलाएकी छिन् । भारतीय मिडियाले रियाले बयानमा सारा अलि खान, रकुलप्रित सिंह, फेसन डिजाइनर सिमाने खम्ब्ट्टा, मुकेश छाब्रा, सुशान्तका पूर्व म्यानेजर रोहिणी अय्यरलगायत बलिउडकर्मीले पनि ड्रग्स सेवन गर्ने गरेको स्विकारेको उल्लेख गरेका छन् ।

उनले एनसीबीसँगको बयानमा बलिउडका करिब २५ जना बलिउडकर्मीले ड्रग्स लिने गरेको खुलाएकी थिइन् । अब एनबसीबीले रियाले नाम लिएका सबैको छानबिन गर्नेछ । शुक्रवार मुम्बईको विशेष अदालतले रिया र उनका भाइ सोविकसहित अन्य चार अभियुक्तको जमानत याचिका खारेज गरेको थियो । रिया २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमै हुनेछिन् ।