नेपाल सरकारले एसिड आक्रमणका घटनालाई निरुत्साहित गर्न कडा कानुन ल्याउने तयारी गरेको छ । बलिउडका बरिष्ठ अभिनेता अमिताभ बच्चनले यस निर्णयको तारिफ गरेका छन् भने स्वागत समेत गरेका छन् । बच्चनले नयाँ निर्णयका लागि सरकारलाई दवाब दिँदै आएका अभियन्ता उज्ज्वल थापाको प्रशंसा गरेका छन् । पीडितका लागि थापाले गरेको कडा परिश्रमको प्रशंसा गर्दै सोमवार सामाजिक सञ्जाल मा एसिड पीडितका लागि नयाँ कानुन बनाउने निर्णयलाई उनले थापाको कडा परिश्रमको परिणाम भनी उल्लेख गरेका छन् । थापालाई बधाई दिँदै यो कार्य गर्व गर्न लायकको भनेका छन् । साथै बच्चनले यो निर्णय नेपालकै लागि मात्र नभई भारतका लागि प्रेरणाको स्रोत हुने बताएका छन् । उनले यसअघि वीरगन्जकी एसिड पीडित मुस्कान खातुनलाई भिडियो सन्देश पठाएर हौसला प्रदान गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका घटनाहरूमा परेका १२ जना पीडितसँग केही दिनअघि बालुवाटारमा छलफल गरी पीडितको मागअनुसार अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाउने निर्णय गरेको बताएका थिए ।

प्रम ओलीले अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरण पोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्‍याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गर्ने व्यवस्था सहितको कानुन निर्माण गर्ने कानुन ल्याउने जनाएका छन् । भने वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले बेहोर्ने, आक्रमणपछि पढ्न चाहनेहरूका लागि नि:शुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने साथै, उचित तालिम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध सरकारले मिलाउने निर्णय पनि गरिएको छ । योसँगै पीडितहरूलाई सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने निर्णय गरिएको छ । लामो समय देखी न्याय नपाएका एसिड पीडितको लागी यो नियम र कानुनले धेरै राहत दिने देखिन्छ । भने एसिड आक्रमण पछि पुनः जीवन पाएकाको लागी नयाँ तरिकाले ए आत्मस सम्मानसहित जीवन जिउन मद्दत गर्नेछ ।