बलिउड अभिनेता अक्षय कुमार स्टारर चलचित्र 'लक्ष्मी बम' को टिजर सार्वजनिक भएको छ । अक्षयले इन्स्टाग्राममार्फत यस चलचित्रको टिजर रिलिज गरेका हुन् । राघव लरेन्सले निर्देशन गरेको चलचित्र तिहारको अवसर पारेर नोभेम्बर ९ मा डिज्नी प्लस हटस्टारमा रिलिज हुँदै छ । 'लक्ष्मी बम'मा अक्षयले एक ट्रान्स्जेन्डरको भूमिका निभाएका छन् । यसमा अक्षयको साथमा कियरा आडवाणीको पनि मुख्य भूमिका रहेको छ । 'लक्ष्मी बम' डिजिटल प्लेटफर्ममा रिलिज हुने लागेको महँगो र ठुलो चलचित्र हो । लाकडाउनले लामो समय हल बन्द हुँदा निर्माण भएका चलचित्रले रिलिजको दोस्रो बाटो अपनाउँदै अनलाइन रिलिज गरिरहेका छन् । अक्षयको प्रतीक्षित चलचित्र पनि दर्शकले घरमा नै बसेर हेर्न पाउने भए पछि यस चलचित्रको प्रतीक्षामा रहेका दर्शक उत्साहित बनेका छन् । यस चलचित्र सुपरहिट तमिल सिनेमा 'कंचना'को हिन्दी रिमेक हो ।