भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार आफ्नो ६९औँ जन्मदिन मनाए । उनको जन्मदिनको अवसरमा राजनीतिज्ञ, कलाकार तथा आम जनताले शुभकामना दिए । उनको जन्मदिनको शुभकामना दिनेमा क्रिकेटर विराट कोहली पनि थिए । मोदीले व्यक्तिगत ट्वीटर अकाउन्टमार्फत अधिकांशको शुभकामनामा धन्यवाद व्यक्त गरे । कोहलीले पनि प्रधानमन्त्रीलाई शुभकामना दिएका थिए जसमा विराटको शुभकामनाको जवाफ स्वरूप मोदीले शुभकामना नै फर्काएका छन् । आमाबुबा बन्न लागेका अनुष्का दम्पतीलाई मोदीले ट्विट गर्दै, 'धन्यवाद विराट कोहली, म अनुष्का शर्मा र तपाईँलाई बधाई दिन चाहन्छु । मलाई विश्वास छ कि तपाईँहरू राम्रो आमाबुबा बन्नुहुनेछ ।' लेखेका छन् । केही समय अघि अनुष्काले आफ्नो गर्भावस्था बारे खबर सार्वजनिक गरेकी थिइन् । अनुश्काले सन् २०२१ को जनवरीमा आफ्नो सन्तानलाई जन्म दिने छिन् ।