दुई हप्ता अघी कोरोना सङ्क्रमण देखिएकी बलिउड नायिका मलाइका अरोरा कोरोना सङ्क्रमणबाट मुक्त भएकी छिन् । उनी स्वयमले आफू कोरोना सङ्क्रमित भएको १४ दिनपछि ठिक भएको बताएकी हुन् । नायक अर्जुन कपुरलाई कोरोना पोजेटिभ देखिए पछि अभिनेत्री अरोराको पनि परीक्षण गरिएको थियो । जसबाट उनलाई पनि कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । होम क्वारेनटाइनमा रहँदै आएकी अरोराले आफू कोरोना मुक्त भएको जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जालमा आफू केही दिन पछि आफ्नो कोठाबाट बाहिर निस्किएको र यस भाइरसले निकै कम मात्र दुःख दिएको आफू भाग्यमानी रहेको उनले उल्लेख गरेकी छिन् । उनले आफूलाई यस समयमा साथ र हौसला दिने सबैलाई आभार व्यक्त गरेकी छिन् । पछिल्लो समय भारतमा कोरोना सङ्क्रमण निकै बढिरहेको छ र यसबाट कलाकारहरू पनि सङ्क्रमित भइरहेको खबर आइरहेको छ ।