लागु औषध दुर्व्यसनी मुद्दामा मुख्य अभियुक्त रिया चक्रवर्तीले बयानका क्रममा अभिनेत्री द्वय सारा अलि खान र श्रद्धा कपुरको नाम लिएकी छिन् । यसअघि सोधपुछको क्रममा रियाले रकुल प्रीत सिंहको नाम लिएकी थिइन् । रियाले सुशान्तको ड्रग्स पार्टीमा सारा, श्रद्धा र रकुल सहभागी हुने गरेको बयान दिएकी हुन् । रियाले नाम लिएसँगै एनसीबीले सोधपुछको तयारी गरेको बताइएको छ । रिया हाल एनसीबीको हिरासतमा छिन् भने अब अनुसन्धानका लागी सारा, श्रद्धा र रकुललाई नोटिस पठाउने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।