शुक्रवार भारतका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको निधन भयो । ७४ वर्षको उमेरमा बालासुब्रमण्यले चेन्नईको एक अस्पतालमा अन्तिम श्वास लिए । ५ अगस्टमा कोरोना पोजेटिभ देखिएका उनको पछिल्ला दिनहरूमा स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो जसका कारण लाइफ सपोर्टमा राखिएको थियो । यद्यपि उपचारपछि १३ सेप्टेम्बरमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । 'मैने प्यार किया'को गीत 'साजन' होस् वा 'हम आपके हैं कौन' उनले आफ्नो करियरमा उनले विभिन्न भाषामा ४० हजार बढी गीत गाए । उनको स्वरलाई सलमानको खानको स्वर भनेर विश्वास गर्नेको कमी छैन ।  ६ पटक नेशनल अवार्ड जितेका ६० को दशकदेखि गाउन सुरु गरेका थिए भने ८० को दशकमा उनले ८० को दशकदेखि निरन्तर गीत गाए । दक्षिण भारतमा आफ्नो पहिचान बनाएका बालासुब्रमण्यम गायकले पहिलो पटक सन् १९८१ मा रिलिज भएको हिन्दी चलचित्र 'एक दुजे के लिए'मा स्वर दिएका थिए । शुक्रवार निधन भएको बालासुव्रमण्यमको शनिवार राजकीय सम्मानका साथ चेन्नईमा अन्त्यष्टी गरियो ।