चर्चित भारतीय टेलिभिजन कार्यक्रम 'कौन बनेगा करोडपति'को १२ औ सिजन आजबाट सुरु हुँदै छ । बलिउड अभिनेता अमिताभ बच्चन प्रस्तोता रहेको यस कार्यक्रम पहिलो पटक दर्शकको उपस्थिति बिना सञ्चालन हुँदै छ । कोरोना महामारीले भारतमा निकै ठुलो रूप लिइरहेका बेला सङ्क्रमणको जोखिम कम गर्न र सहज रूपमा कार्यक्रम सञ्चालन गर्न यो सिजनमा दर्शकलाई सहभागी नगराइएको हो । २० वर्षअघि सुरु भएको यस कार्यक्रमको लागी अमिताभले आज पनि उत्तिकै जोस र उत्साहका साथ सुट गरिरहेका छन् । आफ्नो करियरको अप्ठेरो अवस्थामा सुरु गरेको कार्यक्रम भएको र आफूलाई आर्थिक सङ्कटबाट जोगाएको कार्यक्रम यस कोरोना महामारीको समयमा पनि ढुक्कसँग सुट गरिरहेका छन् । केही महिना अघी आफैँ पनि कोरोना पोजेटिभ देखिएका बच्चनले स्वास्थ्य लाभ गरेर सुरक्षा अपनाएर यस सिजनको लागी केही भाग छायाङ्कन गरे । आजबाट राती ९ बजे सोनी टिभीमा प्रसारण हुने छ ।