कोरोना भाइरसका कारण भारतमा विगत ६ महिना यता फिल्म हलहरू बन्द छन् । लामो समय हल बन्द हुँदा केही प्रतिक्षित बिग बजेट फिल्म ओटिटी रिलिज भए । भने केही हल खुल्ने प्रतीक्षामा छन् । हल बन्द भए पनि भारतमा चलचित्र सम्बन्धी केही हदसम्म काम भइरहेका छन् । हल नखुलेर मारमा परेका हलवाला, निर्माता र वितरकलाई खुसीको खबर दिँदै बन्द भएको ६ महिना पछि भारत केन्द्र सरकारले लकडाउन यता ठप्प रहेका हल पुनः सञ्चालनमा ल्याउने अनुमति दिएको छ । अक्टोबर १५ देखि चलचित्रहरु ५० प्रतिशत अकुपेन्सीका साथ सञ्चालन हुन पाउने निर्णय भारत सरकारले गरेको छ । गृह मन्त्रालयले पाँचौँ चरणमा जारी भएको निर्देशिकामा चलचित्र क्षेत्रलाई राहत दिने निर्णय भएको हो। महाराष्ट्र सरकारले भने अक्टोबर ३१ अघिफिल्म हाल सञ्चालनमा नल्याउन निर्देशन दिएको छ । पश्चिम बंगालमा सुरक्षा मापदण्ड अपनाउँदै आजबाट अर्थात् अक्टोबर १ बाटै हल खुल्दै छन् । सरकारले गरेको यस निर्णयलाई फिल्मकर्मी तथा समीक्षकले स्वागत गरेका छन्।