कोरोमा महामारीले भारतमा लामो समय चलचित्र हल बन्द रहे । लामो समय सम्पूर्ण फिल्म इन्डस्ट्री नै सुनसान रहँदा अरबौँको घाटा बलिउडले खेप्नु पर्यो । अब भने भारत सरकारले १५ अक्टोबरबाट हल सञ्चालन गर्ने अनुमति दिएको छ । ६ महिना सम्म हल बन्द रहँदा प्रदर्शनको लागी तयारी अवस्थामा बसेका चलचित्रको लाइन लामै छ । यस लाइनको अग्रपङ्क्ति रहेको चलचित्र हो अक्षय कुमार स्टारर चलचित्र 'सूर्यवंशी' । रिलिजको सँघारमा लकडाउनले हल बन्द भएपछि अड्किएको सूर्यवंशी अनलाइन रिलिज नगर्ने निर्णय निर्माताले गरे । हल खुलेमा दीपावलीमा रिलिज गर्ने सोच बनाएको चलचित्र अब भने हल खुले पनि तत्कालै यो फिल्म प्रदर्शन नहुने भएको छ । केन्द्र सरकारबाट फिल्म हल खोलिए पनि महाराष्ट्र, तमिलनाडु, आन्ध्रप्रदेश जस्ता राज्य अझै पनि हल खोल्ने पक्षमा छैनन् । मुख्य राज्यमै आफ्नो चलचित्र प्रदर्शन नहुने भएपछि रिलिज गरेको फाइदा नहुने भएपछि निर्माताले चलचित्र अहिले रिलिज नगर्ने भएका हुन् । अब सूर्यवंशीलाई डिसेम्बरमा रिलिज गर्ने सोचमा निर्माता आइपुगेका छन् । अक्षय कुमार र कट्रिना कैफको मुख्य अभिनय रहेको यस चलचित्रमा अजय देवगन र रणवीर सिंह पनि अतिथि भूमिकामा छन् ।