'बाहुबली' फेम्ड अभिनेत्री तमन्ना भाटियालाई कोभिड १९ सङ्क्रमण भएको छ । दक्षिण भारतीय चलचित्रबाट चर्चित बनेकी उनलाई केही दिन पहिले देखी कोरोनाको लक्षण देखिएको थियो । लक्षण देखिएपछि हैदरावादको एक निजी अस्पतालमा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी केही दिन यता एक वेब सिरिज को छायाङ्कनको लागी हैदरावादमा छिन् । यसअघि अगस्टमा तमन्नाका आमा र बुवालाई पनि सङ्क्रमण भएको थियो । तर उनको रिपोर्ट भने नेगेटिभ आएको थियो । सङ्क्रमण पुष्टि भएपछि कलाकार तथा फ्यानले तमन्नाका शुभचिन्तकले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । उनी यति बेला हैदरावादकै एक निजी अस्पतालमा चिकित्सकको निगरानीमा उपचार गराइरहेकी छिन् । तमन्नाको नवाजसँगको 'बोले चुडिया' रिलिजको पर्खाइमा छ भने आधारित तेलेगु एक्शन ड्रामा 'सीटराइमर'को सुटिङ बाँकी रहेको छ ।