बलिउड अभिनेता सञ्जय दत्त यति बेला क्यान्सरसँग जुधिरहेका छन् । तेस्रो चरणको क्यान्सर भएका उनको मुम्बईमा उपचार चलिरहेको छ । फोक्सोको क्यान्सरबाट पीडित उनी केही पहिले नै उपचारका लागी अमेरिका जाने बताइए पनि यति बेलासम्म उनी भारतमा नै उपचार गराइरहेका छन् । उपचार र आराम गरिरहेका सञ्जयको नयाँ तस्बिर सार्वजनिक भएको छ जसले उनका शुभचिन्तक फ्यानलाई दुखित बनाएको छ । तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको स्वास्थ्यलाई लिएर प्रशंसकहरूले चिन्ता प्रकट गरेका छन् । सार्वजनिक तस्बिरमा सञ्जयलाई निकै दुब्लाएको देख्न सकिन्छ भने उनी ऊर्जाहीन बनेको पनि देख्न सकिन्छ । उपचार गराइरहेका सञ्जयको यो तस्बिर अस्पतालकी एक कर्मचारीले खिचेकी हुन् । हाल उपचार चलिरहेको भए पनि यस बारे पछिल्लो विवरण सञ्जय तथा सञ्जयका परिवारले कुनै आधिकारिक सूचना सार्वजनिक गरेका छैनन् । सामाजिक सञ्जाल प्रयोगक र्ताहरुले अभिनेता सञ्जयलाई चाँडै निको होस् भनेर कामना गरिरहेका छन् ।