रक ब्यान्ड ‘भ्यान हेलेन’ का लिड गिटारिस्ट एडी भ्यान हेलेनको निधन भएको छ । ६५ वर्षीय हेलेनको क्यान्सरका कारण निधन भएको हो । उनको निधन बारे हेलेनका छोराले जानकारी दिएका हुन् । उनले आफ्ना पिताले क्यान्सरसँगको युद्ध हारेको उल्लेख गरेका छन् । आफ्ना औँलाको जादुले विश्व लाई नै मन्त्र मुग्ध गराउने हेलेनको मृत्युले विश्व कै सङ्गीत पारखीमा ठुलो झट्का लागेको छ । एडीले सन् १९७० र ८० को दशकको साङ्गीतिक क्षेत्रमा सफलता हासिल गरेका थिए । उनका डान्स द नाइट वे, पानामा, हट अफ टिचर लगायतका उनको गीत निकै चर्चित छन् । सन् २००७ मा उनको नाम रक एन्ड रोल हल अफ फेममा संलग्न लगाइएको थियो ।