भारतीय गायिका नेहा कक्कर र पन्जाबी गायक रोहनप्रीत सिंहसँगको सम्बन्धका बारेमा केही दिन यता चर्चा चलिरहेका छन् । केही भारतीय मिडियाले उनीहरूले छिट्टै नै विवाह गर्न लागेको चर्चा चलिरहेका बेला गायिका कक्करका तर्फबाट यस चर्चालाई सत्य पुष्टि गर्ने काम भएको छ । नेहाले रोहनप्रीतसँगको एक तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै रोहन आफ्नो भएको बताएकी छिन् । नेहाले लेखेकी छिन्, 'तिमी मेरै हौ' । साथै रोहनप्रीतले पनि नेहासँगको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, 'मेरी जिन्दगी हेर्नुहोस्' । उनीहरूले एकसाथ तस्बिर सार्वजनिक गरेपछि बधाईको ओइरो लागेको छ । यती मात्र होइन नेहाले ह्यासट्यागमा आफ्नो र रोहनको नाम मिलाएर 'नेहुप्रीत' लेखेकी छिन् । यसबाट नेहा र रोहन एक अर्काको हुन तयार देखिन्छन् ।  नेहा र रोहनको पहिलो भेट नेहाको गीत 'आजा चल व्याह करवाएं, लकडाउन बिच कत्त होने खर्चे' को सेटमा भएको थियो ।