बलिउड अभिनेता अमिताभ बच्चनको आज जन्मदिन परेको छ । सन् १९४२ अक्टुबर ११ तारिखमा जन्मिएका बच्चन आफ्नो आज आफ्नो ७८ औं जन्मदिन मनाइरहेका छन् । चलचित्र 'सात हिन्दुस्तान' बाट बलिउडमा डेब्यु गरेका बच्चन ७० को दशकमा जन्जिर, दिवार, सोले जस्ता चलचित्रमा काम गरे जसले बलिउड बक्स अफिसमा निकै ठुलो व्यापार गर्यो । ७० र ८० को दशकमा बलिउडमा एक छत्र राज गरेका अमिताभ आज पनि उत्तिकै सकृय छन् । ८० वर्ष पुग्न लागिसकेका बच्चन आज पनि बिभिन्न चलचित्रमा अभिनयाँ गरिरहेका छन् भने भारतको लोकप्रिय कार्यक्र्म 'कौन बनेगा करोडपति' संचालन गरिरहेका छन् । उनले कोरोना भाइरसका कारण यो वर्षको जन्मदिन आफ्नै घरमा परिवारका साथ मनाइरहेका छन् ।