बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूरको सहकार्य हुने भएको छ । यि दुईले पहिलो पल्ट चलचित्रमा एकसाथ काम गर्न लागेका हुन् । लव रञ्जनको आगामी चलचित्रमा रणवीर र श्रद्धाको जोडी देखिने पक्का भएको हो । चलचित्रको लागी यि दुवैले सहमति गरिसकेका छन् भने चलचित्र रोमान्टिक कमेडी जनरामा निर्माण हुने छ । निर्माण पक्षले चलचित्रको नाम र अन्य जानकारी भने सार्वजनिक गरेको छैन । बलिउडका निकै सफल र लोकप्रिय यो जोडीलाई एकसाथ हेर्न पाउँदा दुबैका फ्यानमा उत्साह थपिएको छ । राणावीरका आगामी चलचित्र 'शमशेरा' र 'ब्रह्मास्त्र' प्रदर्शनको तयारीमा छन् ।  भारतमा लामो समय कोरोना भाइरसको कारण फिल्म इन्डस्ट्री ठप्प भए पनि अब भने निर्माण पक्षले एक पछि अर्को नयाँ चलचित्र निर्माणको घोषणा गरिरहेका छन् ।