बलिउड फिल्म निर्माता विवेक रञ्जन अग्निहोत्रीले बलिउड निर्माताहरूको आलोचना गरेका छन् । केही दिन अघी केही भारतीय सञ्चारमाध्यम र सञ्चारकर्मी विरुद्ध मुद्दा हाल्ने कलाकार र फिल्म निर्माताहरूको आलोचना गरेका हुन् । उनले बलिउड अभिनेता साहरुख खान लगायत ३४ निर्माता तथा निर्माण कम्पनीहरुलाई पाखण्डीको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा 'जब आफ्नो बच्चाको सुसु र पोट्टिको खबर, उनीहरूको मेकअप र बिदाका दिनहरूको बारेमा सञ्चारमाध्यममा खबर आउँथ्यो उनीहरू खुसी हुन्थे । आफैले पैसा तिरेर किनेको समाचार पनि उनीहरूलाई ठुलो लाग्थ्यो तर आज दर्शकले उनीहरूमाथि प्रश्न उठाउँदा उनीहरूलाई नराम्रो लागेको छ ।' भनेर लेखेका छन् ।

यि सबैलाई उनले पाखण्डी र कपटीको नाम दिएका छन् । यस अघि, विवेकले अर्को ट्वीटमा लेखेका थिए, 'बलिउडमा करिब ५ लाख मानिस काम गरिरहेका छन् । एक मूर्खलाई पनि थाहा छ कि यो लडाई उनीहरूसँगको होइन । यहाँ केही सडेका अण्डाहरू छन् जसले बलिउडको नाम बिगार्न सकेका छन् । अहिले मानिस हरू ती नै सडेका अण्डालाई सुधार्न लागिपरेका छन् । '