बलिउड अभिनेत्री कृती सेनन कोरोना पोजेटिभको सिकार भएकी छिन l सुटिङको क्रममा चन्द्रीगढ पुगेकी कृती कोरोना देखिए पस्चात उनी मुम्बई फर्किएकी छिन l सामाजिक सञ्जालमा आफूलाई कोरोना पोजेटिभ भएको उल्लेख गर्दै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र डाक्टरको सल्लाह अनुसार आफू घरमै आइसोलेसनमा रहेको उनले जानकारी दिएकी छिन् । कृतीले आफू बीएमसी र डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्ने भन्दै शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । कोरोना महामारी नसकिएसम्म होसियार रहन आफ्ना फ्यानहरूलाई आग्रह गर्दै कोरोना मुक्त भएपछि पुनः काममा फर्किने उल्लेख गरेकी छन् l