नेपाल बाहेक अन्य केही देशहरूमा सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर यति बेला हल सञ्चालन भइरहेका छन् । हल सञ्चालनमा आएता पनि कोरोनाका कारण चलचित्र हेर्ने दर्शक भने एकदमै न्यून छन् l प्रसङ्ग रह्यो भारतीय चलचित्र क्षेत्रको l भारतमा यती बेला केही नयाँ चलचित्रहरू प्रदर्शनमा आइसकेको छ l तर दर्शक भने पहिले हाराहारीमा भन्दा एकदमै कम् छन् l एकातिर कोरोनाको त्रास , अर्कातिर बल्ल खोलेको सिनेमा हलमा चलचित्र हेर्ने न्यून दर्शक lसोही कारणले गर्दा यती बेला भारतीय चर्चित कलाकारहरू सेलीब्रेट सिनेमा थिम दिएर आँफैनै चलचित्र प्रचार प्रसारमा लागी रहेका छन् l सर्वाधिक कमाइ गर्ने चलचित्रमा ‘वन्डर वुमन’ भारतमै अगाडी मानिन्छ l यसैको सिक्वेल यती बेला भारतमा प्रदर्शन भइरहेको छ l विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर अभिनेता ऋतिक रोशन देखी प्रभास सम्म सेलेब्रेट सिनेमा अभियानमा जोडिएर हलमै गएर चलचित्र हेर्न दर्शकलाई आग्रह गरेका छन् l
आफ्नो सामाजिक सञ्जाल मार्फत आफूले वन्डर वुमन १९८४ हलमै हेरेको जानकारी दिँदै हलमा चलचित्र हेर्न आग्रह गरेका हुन् । ऋतिक झैँ प्रभासले पनि क्रिसमसमा सिनेमा सेलिब्रेट गर्न आग्रह गरेका छन् । चलचित्रलाई हलमै हेरेर आनन्द लिन उनले आग्रह गरेका छन् । प्याटी जेन्किंसको निर्देशनमा तयार चलचित्रको प्रतीक्षामा डिसी सिरिज मन पराउने दर्शक छन् । चलचित्रलाई दर्शकले हलसँगै एचबिओ म्याक्समा पनि हेर्न पाउनेछन् । सुपर हिरो चलचित्र बनाइरहेको डिसीले ‘वन्डर वुमन’ को नयाँ सिरिज १९८४ लाई भारतमा हिन्दीसँगै तेलुगु , तमिलमा पनि रिलिज गरेपछि गल ग्याडटको सुपर हिरो अवतारलाई प्रतीक्षा गरिरहेका दर्शकले चलचित्रलाई हलमै हेर्ने भारतीय कलाकारहरू विश्वस्त छन् । चलचित्रमा सन् १९८४ को कथा र त्यस बेलाको परिस्थितिलाई देखाइएको छ । बिस्तारै संख्यामा दर्शकहरू बढ्ने विश्वास सँगै दर्शकलाई हल सुरक्षित रहेको प्रत्याभूति गराउन ठुला कलाकारहरू आफै हल पुगिरहेका छन् ।