बलिउड अभिनेता सलमान खानको आज जन्मदिन परेको छ l सन् १९६५ डिसेम्बर २७ तारिखमा जन्मिएका सलमान आज ५४ वर्ष पार गरी ५५ औ वर्षमा प्रवेश गरेका छन् l तर यो पटक भने फ्यान सँग जन्मदिन नमनाउने अठोट गरेका छन् सलमानले l कोरोना भाइरसका कारण आफूले जन्मदिन मनाउने सलमानले सामाजिक सञ्जालमा बताएका छन् l उनी लेख्छन् : कोरोना भाइरसका कारण सलमानले फ्यान सँग जन्मदिन नमनाउने बताएका हुन l ‘मेरो जन्मदिनमा फ्यानहरूको माया वर्षौँदेखि बलियो रूपमा देखिएको छ । तर, यो वर्ष कोरोना महामारीका कारण मेरो विनम्र अनुरोध छ कि मेरो घर अगाडि नआइदिनुहोला । मास्क लगाउनुहोस् र सामाजिक दुरी राख्नुहोस् । म ग्यालेक्सी अपार्टमेन्टमा छैन ।’ यो वर्ष उनी आफ्नो जन्मदिन परिवार र नजिकका साथीहरू सँग केक काटेर फार्म हाउसमा मनाउने छन् l सामाजिक सञ्जाल केक काटेको तस्बिर चर्चामा रहे सँगै मिडियामा आफूले यो वर्षको जन्मदिन परिवारसँग मात्र मनाइरहेको र यो भयानक वर्षमा आफूलाई जन्मदिन मनाउने कुनै रुचि नभएको बताएका छन् । साथै उनी भन्छन् मलाई आशा छ कि, अर्को वर्ष हामी आफ्नो जिन्दगीमा खुसीयाली लिएर फर्किनेछौ ।’