प्राय बलिउडमा धेरै नै विवादमा आउने अभिनेत्रीमा पर्छीन कंगना रनौट l यती बेला उनको केही भाइरल तस्बिरले बलिउड मिडियामा राम्रो स्थान दीरहेको छ l बिकिनी लगाएको तस्बिर कंगनाको यती बेला चर्चामा छ l उनी समुद्री तटमा बसेकी छिन् । सोही तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै क्याप्सनमा ,‘शुभ प्रभात साथीहरू । मैले भ्रमण गरेको सब भन्दा रमाइलो ठाउँहरू मध्ये एक हो मेक्सिको । सुन्दर, तर अप्रत्याशित ठाउँ । यहाँ मेक्सिकोको सानो टापु टुलमको फोटो छ भनेर लेखेकी छिन ।’ उक्त तस्बिरका कारण कंगना ट्रोलको सिकार भएकी हुन् l तस्बिर हेरे पछि धेरै मिडिया प्रयोगकर्ताहरूले आफ्नो दुखेसो व्यक्त गरेका थिए । केही प्रयोगकर्ताहरूले तस्बिर देखेर रमाइलो पनि मानेका छन् । उदाहरणको लागि, एक प्रयोगकर्ताले उनलाई संस्कृति पाठ सिकायो र उनलाई झाँसीको रानीको चरित्रबाट केही सिक्नुपर्ने कुरा लेखेका छन् । उक्त प्रयोगकर्ताको कमेन्टमा जवाफ दिँदै कंगना लेख्छिन्,त्यस्ता व्यक्तिहरूलाई धर्मको अनुसरण गर्न सल्लाह दिँदै धर्मको ठेकेदार नबन्न सल्लाह दिएकी छिन् । कङ्गनाले बुधवार बिहान सामाजिक सञ्जालमा मेक्सिको ट्रिपको बिकिनीको फोटो शेयर गरेकी थिइन् ।