दर्शकले अत्यधिक प्रतीक्षा गरेको चलचित्र रिलिज अगावै विवादमा परेको छ l केही दीन अघी चलचित्रको टिजर सार्वजनिक गरिएको थियो l सोही टिजरलाई लिएर चलचित्र विवादमा मुछिएको हो l टिजरमा चलचित्रका अभिनेता यशले स्मोक गरेको सिन देखाइएको छ भने सोही सिनले गर्दा कर्नाटक स्टेट एन्टी टोबैको सेलले निर्माण युनिटलाई मुद्दा हालेका छन् l टीजरलाइ सबै सोसल मिडिया प्लेटफर्मबाट हटाउने माग गरिएको छ l चलचित्रको कथा र निर्देशन प्रशान्त नीलको रहेको छ l