सिनेमा वितरकको आग्रहमा अभिनेता सलमान खानले चलचित्र ‘राधे : योर मोस्ट वान्टेड भाइ’ लाई हलमै चलाउने भएका छन् l कोरोनाले शून्यमा झारेको हललाई 'राधे' ले उकासिने हुँदा 'मल्टिपल एग्जिबिटर एसोसिएसन' ले अभिनेता सलमान खानलाई केही दीन अघि डिजिटल प्लेटफर्मबाट सार्वजनिक नगर्न आग्रह पनि गरेको थियो l प्रदर्शक र वितरकको आर्थिक संकटलाई मध्य नजर राख्दै यो अवस्थामा पनि हलमै चलचित्र चलाउने निधो गरेका हुन l यस बारे उनले एक वक्तव्य सामाजिक सञ्जालमा जारी गरेका छन् l ‘यो कठिन समयमा यस्तो निर्णय लिनु ठुलो कुरा हो ।

cine pati

मलाई अहिले प्रदर्शक र वितरक कसरी आर्थिक संकटसँग जुधिरहेका छन् भन्ने कुराको ज्ञान छ र यही कारण चलचित्रलाई  हलमा रिलिज गर्ने निधो गरेको हुँ ।’   चलचित्रमा सलमानका अलवा दिशा पटानी, रण दीप हुण्डा , ज्याकी श्रोफ लगायतका कलाकारको  अभिनय रहेको छ । निर्देशक प्रभु देवाको निर्देशन रहेको चलचित्रलाई  सन् २०२१ को इदमा रिलिज गरीने भएको छ l