कोरोना बाबजुद पनि प्रदर्शनमा आएको चलचित्र 'मास्टर' ले पहिलो दीनमा नै बम्पर ओपनिङ गरेको थियो l बिहीबार बाट प्रदर्शनमा आएको चलचित्रले एक साता भित्र १५० करोडको आँकडा पार गरेको छ l  सुरुवाती दीनमै चलचित्रले ४२.५ करोड रुपैयाँ कलेक्सन गरेको थियो l त्यसै गरी तमिलनाडुमा मात्र ९६ करोडको व्यापार , आन्ध्र प्रदेशमा २४ करोड, कर्नाटकमा १४ करोड र हिन्दी भाषामा ५ करोडको व्यापार चलचित्रले गरेको छ ।   चलचित्रलाई लोकेश कनगराजले निर्देशन गरेका हुन् । चलचित्रमा थलपति विजय र विजय सेतुपतिको अभिनय रहेको छ । १३ जनावरीमा रिलिज गरिएको 'मास्टर' को टिकेट लीनेको भिड लाग्दा रिलिजको केही दीन अघि मात्रै चेनाइको सिनेमा हलमा प्रहरी नै बोलाउनु परेको थियो l