बलिउड चलचित्र "कविर सिंह"ले सफलता प्राप्त गरेपछी शाहीद कपुर माथि धेरै निर्माताहरुको आँखा पर्यो l उनको अभिनय दर्शकले अत्यन्तै मनपराए l सोही कारणले गर्दा होला शाहीदले आफ्नो पारिश्रमिक बढाए l पारिश्रमिक बढाएता पनि उनको अभिनयलाइ लीएर निर्देशक निर्माताले नयाँ चलचित्र ‘महाभारत’मा राख्ने भएका छन l समाचारअनुसार चलचित्रमा शाहीद कर्णको भूमिकामा देखिने उल्लेख गरीएको छ l राकेश ॐ प्रकाशले चलचित्रमा लगानी गर्ने भएका हुन र सोही चलचित्रलाइ लिएर शाहीदका फ्यानहरु उत्साहित छन् l चलचित्रको हाल सम्म अधिकारीक घोषणा भने भएको छैन l