बलिउड अभिनेता अक्षय कुमारको आगामी चलचित्र 'बच्चन पाण्डे' बाट अक्षयको लूक्स सार्वजनिक भएको छ l सामाजिक सञ्जाल ट्विटर मार्फत अक्षय स्वयमले आफ्नो लूक्स सार्वजनिक गरेका हुन l चलचित्र २६ जनवरी २०२२ मा रिलिज हुने बताइएको छ । उनको लूक्सको प्रशंसा गर्दै ट्विटरमा हाल सम्म तिस लाख माथिले लाइक गरेका छन् l साथै उन्नाइस हजार माथिले कमेन्ट गरेका छन् l