भारतिय चर्चित कमेडी शो  "द कपिल शर्मा शो" पुनः बन्द हुने भएको छ l बुझिए अनुसार केही समयको लागी मात्रै शो लाई बन्द गरीने भएको हो l यस सिजनलाई बन्द गरी अर्को नयाँ सिजन केही समय पछि फरक अन्दाजमा दर्शक  माझ् प्रस्तुत गराउने भारतीय समाचारले उल्लेख गरेको छ l भारत लगायत धेरै देशहरूमा अत्यधिक रुचाइएको कमेडी शो नेपालमा पनि निकै लोकप्रिय रहेको छ । कोरोना भाइरस महामारीकै कारणले गर्दानी यस सिजनलाई स्थगित गरिनुका साथै नयाँ सिजनलाई केही समय पछि अधिकारीक  घोषणा गरीने बताइएको छ l । पछिल्लो थुप्रै वर्षदेखि यो टिभी शोमार्फत् कपिल शर्मा सानो पर्दामा राज गरिरहेका छन्। थुप्रै पटक बन्द भएपछि पनि "द कपिल शर्मा शो"को चर्चा भने कम भएको छैन।