भारतीय रियालिटी सो "बिग बोस्"की  प्रतिस्पर्धी कन्नडा अभिनेत्री जयश्री रमैया मृत अवस्थामा फेला परेकी छिन् l सोमबार दिउँसो बेंगलुरुको वृद्धाश्रम र पुनर्वास केन्द्रको बिचमा उनी मृत भेटिएकी हुन् l  रिपोर्टको अनुसार उनी लामो समय देखी डिप्रेसनको सामना गरी रहेकी थिइन l  जयश्रीले  केही दीन अघि आफ्नो सामाजिक सञ्जालमा आफ्नो जीवनको अन्त्य गर्ने चाहना संकेत गरेको भारतीय मिडियाले उल्लेख गरेको छ l यस अघि पनि उनले बारम्बार आत्मा हत्या गर्ने दुरसाहास गर्दै जून २२ मा फेसबुकमा लेखेकी थिइन "मैले छोडिदिए यस संसारलाई निरुत्साहको लागि अलबिदा।" उक्त लेख्का कारण कमेन्टमा  शुभचिन्तकहरूले बारम्बार प्रश्नको बर्सात गरेपछि लेख् हटाउँदै  "म ठिक छु र सुरक्षित छु !! तपाईँ सबैलाई माया गर्छु।" जयश्री बिग बोस सिजन ३ को प्रतिस्पर्धी हुन् l