केही दीन अघि मात्र विवाह बन्धनमा बाधीएका बलिउड अभिनेता वरुण धवन र नताशा दलालको चर्चा सामाजिक सञ्जालको पहिलो नम्बरमा छ l जनावरी २३ तारिकमा विवाह गरेका यी जोडिलाई बधाई दिँदै शुभचिन्तक साथै सिनकर्मीले नयाँ जिन्दगीको सुरुवात जस्ता कमेन्टले सञ्जालहरू भरिएका छन् l यसो त केही सिनेकर्मीहरुले फरक तथा व्यङ्ग्य शैलीमा वरुणलाई बधाई दिएका छन् l साउथ अभिनेत्री श्रद्धा श्रीनाथले पनि उनीहरूलाई शुभकामना दिएकी छन् ।उनले लेखेकी छन्, ‘यो कुराको अफसोस छ कि, हामी अब उनलाई स्क्रिनमा फेरि देख्न सक्दैनौँ, उनको ससुरालीले अब उनलाई अन्य दोश्रो हिरोइनसँग काम गर्न दिनेछैन, हुन सक्छ अब उनी, मेल ओरिएण्टेड फिल्ममा काम गर्नेछन्, उनी कसरी आफ्नो पर्सनल लाइफ र वर्क लाइफमा ब्यालेन्स मिलाउनेछन्, उनलाई मिस गरिन्छ, फेरि पनि शुभकामना वरुण