चलचित्र "मास्टर" ले सिनेमा हलमा २०० करोड माथिको व्यापार गरिसक्यो l कोरोना पछि सिनेमा हलमा फ्रेस चलचित्र रहेको "मास्टर" सिनेमा हलमा रिलिज भएको दुई हप्तापछि ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुँदै छ । विशेष गरी सिनेमा हल र ओटिटिको बिचमा रिलिजको अन्तर आठ हप्ताको हुनुपर्छ तर चलचित्र दुई हप्तामै रिलिज हुँदै छ । तमिलनाडुका अधिकांश हलमा सिनेमा शतप्रतिशत अकुपेन्सीमा रिलिज गरिएको थियो । सुरक्षा मापदण्ड उल्लङ्घन गरेको भन्दै केही हललाई कारबाही समेत गरिएको थियो l चलचित्रलाई लोकेश कनगराजले निर्देशन गरेका हुन् । चलचित्रमा थलपति विजय र विजय सेतुपतिको अभिनय रहेको छ ।