अघिल्ला चलचित्रहरू बक्स अफिसमा सफल भएपछि अभिनेता रणवीर सिंहले आफ्नो पारिश्रमिक बढाएका छन् l नयाँ चलचित्रमा सम्झौता गरेका सिंहले उक्त चलचित्रको लागी ५० करोड पारिश्रमिक लिएको भारतीय संचारमा  उल्लेख छ l चलचित्र रहेको छ "सर्कस" l रोहित शेट्टीको निर्देशनमा बन्न लागेको चलचित्रको सुटको लागी रणवीरले  ७५ दीनको समय छुट्टाएका छन् l दोश्रो पटक शेट्टी सँग सहकार्य गरेका सिंहले यस अघि उनले  चलचित्र ‘सिम्बा’ मा काम गरी सकेका छन् l चलचित्रमा रणवीर सँगै नायिकाद्धय ज्याकलिन फर्नान्डेज र पूजा हेग्डेको मुख्य अभिनय रहेको छ l अधिकांश दृश्यको छायांकन सेटमै हुने बताइएको छ ।